>

दुर्गा प्रसाईँको आरोप : ‘प्रचण्ड’ले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेका छन्

काठमाडौं । मेडिकल व्यवसायी तथा राजवादी अभियन्ता दुर्गा प्रसाईँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’माथि निशाना साँधेका छन् ।

राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईँले ‘प्रचण्ड’ले अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको आरोप लगाए । माओवादी अध्यक्ष ‘प्रचण्ड’ले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईँले अब ‘प्रचण्ड’लाई नै रछ्यानमुनी फाल्ने दाबी गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने,’म आफैँले २० वर्ष सहयोग गरेको हो नि ‘प्रचण्ड’लाई । हामीले डडाल्नामा प्रेसर कुकर बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे ? स्वीटरजल्याण्डमा घर किन्थे ? प्रधानमन्त्री हुन्थे ?’

पत्रकार सम्मेलन भरी विभिन्न नेता र पत्रकार तथा लेखकहरूको उछितो काढेका प्रसाईँले फागुन २५ गते काठमाडौँ ठप्प बनाएर पूर्व राजाको स्वागत गरिने बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *