>

नेपाल फर्काइयो थाइल्याण्डमा अलपत्र २० नेपाली

काठमाडौँ । भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ । आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो । यस्ता प्रलोभनमा परेर कानुन विपरीत कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन दूतावासले आग्रह गरेका छन् ।

पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए। अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए। ‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको थियो,’ मानव बेचबिखन तथा ओसारपसार ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ती नेपाली के कसरी र कुन देश जानका लागि दलालको फन्दामा परेर बैंकक पुगे भन्ने स्पष्ट खुलेको छैन। ‘दलाल को हुन् पत्ता लाग्न बाँकी छ, जहाजबाट आएका नेपालीलाई त्रिभुवन विमानस्थलमा लिन ब्युरोको टोली पुगेको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *