>

पूर्वराजा शाहले गरे पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नं. १० वीरेन्द्रचोकस्थित राजा वीरेन्द्र शाहको शालिक अनावरण गरेका छन् । २०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक आज बिहीबार पूर्व राजाले ज्ञानेन्द्रले अनावरण गर्न लागेका हुन ।

शालिक अनावरणका लागि पूर्वराजा वीरेन्द्र चोक जाने क्रममा राजावादी, समर्थक र सुबेच्छुकहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए । दिउसो ३ बजेपछि पूर्वराजा शाहले पैदलयात्रा सहित शालिक अनावरणका लागि पुग्दा समर्थकहरुले नारावाजी सहित स्वागत गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सडकमा लामबद्ध समर्थकहरुले हिन्दु राज्य र राजतन्त्र आवश्यक रहेको बताए । पूर्वराजाले करिव एकघन्टा पैदलयात्रा गरेर स्थानीयसँग फूलगुच्छा लिनुका साथै कुराकानी समेत गरेका थिए । पुर्ननिर्माण गरिएको शालिक आठ फिट अग्लो ढलोटको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च लागेको थियो ।

यसअघि निर्मित शालिक माओवादी कार्यकर्ताले तोडफोड गरेर फालेका थिए । वीरेन्द्रको शालिक बनेदेखि नै सो चोकको नाम वीरेन्द्रचोक राखिएको छ । माघ २७ गतेदेखि पोखरामा रहेका शाह बुधबार बागलुङ पुगेका थिए । बागलुङमा उनले बागलुङ कालिका भगवती मन्दिरको दर्शन र नागरिकका स्वागत ग्रहण र केही नागरिकसँग भलाकुसारी गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सअघि उनी फागुन १९ गते सोमबार विन्ध्यवासिनी मन्दिरको दर्शन गरेका थिए । पोखराको गणेशटोदेखि नै यात्रा गरेका शाहलाई सयौं स्थानीयले स्वागत गरेका थिए । यसअघि उनी स्याङ्जा पुगेर शाहबंशीय कुल मन्दिर आलमदेवीमा पूजा गरेका थिए ।

यस बीचमा उनले पोखराको प्रशिद्ध केदारेश्वर महादेवमणि मन्दिर दर्शन गरेका थिए भने तालबाराहीको महाआरतीमा समेत सहभागी भएका थिए । पूर्वराजा शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *