काठमाडौं । डा. डम्बरबहादुर कार्कीसहित ५ जना वरिष्ठ चिकित्सक राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित हुनुभएको छ । नेपाल चिकित्सक संघद्वारा आयोजित ७५ औं चिकित्सक दिवसका अवसरमा डा. कार्कीसहित डा. गौरीशंकर लाल दास, डा. मृगेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गोंगाल र डा. सरस्वती एम पाध्ये सम्मानित हुनुभएको हो ।
‘नेपालका लागि नेपाली चिकित्सक’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली चिकित्सा क्षेत्रलाई समृद्ध तुल्याएकोमा उहाँहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा उहाँहरुको मार्गदर्शनको अपेक्षा गरियो ।
