>

पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात भएपछि काठमाडौं को थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको जानकारी दिएका छन । उनले भने, ‘उहाँको अवस्था निकै सुधार भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अहिले प्राइभेट वार्डमा सारिएको छ’, । पटक पटक हृदयाघात बल्झिएकाले उनको चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार उनको बताइएको छ । पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए ।

लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *