>

बसका सहचालकद्वारा सुकेधारामा तेश्रो लिंगीको हत्या

काठमाडौं । काठमाडौंको सुकेधारामा एक तेश्रो लिंगीको हत्या भएको छ । ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ का ५० वर्षीय अडवीर राईको धोबीखोला करिडोर नजिक हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शिवरात्रिको पूर्वसन्ध्यामा गाँजाको विषयमा भएको विवादपछि राईको हत्या भएको खुलेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखा मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट शाही ठकुरीलाई शुक्रबार भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ ।

शाही यात्रु बसका सह-चालक रहेको खुलेको छ । शाहीले ५ सयमा किनेको गाँजाको मूल्य ५ हजार मागेपछि विवाद भएको र त्यस क्रममा आफूले ढुंगाले किचेर राईको हत्या गरेको स्वीकार गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हत्यापछि शव धोबीखोला करिडोर छेउमा रहेको पुरानो शौचालयमा फोहोरले छोपेर हिंडेको उनले बयानका क्रममा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *