रुपन्देही । नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोईरालाले नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् ।
आईतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले यस्तो बताएका हुन् । कोईरालाले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए । नेता कोईरालाले कसैले बोलेको भए त्यसलाई मतलव नगर्न आग्रह गर्दै कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।
सांसद कोईरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए ।