>

वडाअध्यक्षका प्रत्यासीसहित दर्जन कांग्रेस कार्यकर्ता माओवादी प्रवेश

सिरहा । गत स्थानीय निर्वाचननमा सिरहाको औरही नगरपालिका–४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक बढी काँग्रेस नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका क्रममा औरही ४ इटाटारमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवसहित नवप्रवेशीलाई स्वागत गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेको थियो । काँग्रेसका यादव दोस्रो भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने दाबी गरे ।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी उनले दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *