काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु भएको छ । पशुपति क्षेत्रमा साधु सन्तसहित भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । यस वर्ष पनि नेपाल सहित भारत र श्रीलंका लगायतका देशबाट पाँच हजार साधु आउने अपेक्षा छ ।
शिवरात्रीको दिन बिहान साढे दुई बजेदेखि नै मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा, भाङ्लगायतका लागूऔषध किनबेच र सेवन हुने भएकाले यस्ता पदार्थहरुको किनबेच र सेवनमा कडाइ गरिएको छ ।
शिवरात्रीका लागि ४ हजार प्रहरी परिचालन हुँदैछन । पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । पशुपति क्षेत्र विकास कोषले ५ लाख दर्शनार्थीले भोली पशुपति दर्शन गर्ने अपेक्षा राखेको छ ।
यसपटक दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएको कोषले जनाएको छ । पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई÷दुई वटा लाइनको व्यवस्था गरिएको छ ।
सो क्रममा पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो बानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने भएको छ ।