>

रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादव चढ्ने गाडिमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले गएराती करिब ११:३० बजे पालिका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको स्कारपियो गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष बिद्याप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार अज्ञात व्यक्तिको ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साईडको सिसा फुटेको छ । रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रञ्जित शिंह राठोरले गाडि तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भईरहेको जानकारी दिनुभयो । उहाँले घरमा पार्किङ गरी राखेका बेला कम्पाउण्ड बाहिरबाट ईट्टाले हानेर सिसा फुटाएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *