>

अमेरिकाले डिभी चिठ्ठा बन्द गर्न सक्ने

अमेरिकामा रिपब्लिकन सांसदहरूले डिभी चिठ्ठा प्रणालीलाई रोक्नु पर्ने बहस फेरि सतहमा ल्याएका छन् ।

उनीहरुले डिभी चिठ्ठा प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न ‘फेसलेस कम्प्युटर कोड’ लाई अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेका बताएका छन् ।

वार्षिक चिठ्ठामार्फत बिभिन्न देशका गरेर ५५ हजार मानिसहरु अमेरिका भित्रिने गरेका छन् । चिठ्टामार्फत सहजै भिसा र ग्रीन कार्डहरू दिइने गरिन्छ । अनियमित रूपमा अरु देशका नागरिकहरु छनौट गर्दा सुरक्षा चुनैती बढ्ने सांसदहरुको मत छ । त्यसकारण उनीहरुले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका बतायएको छ । कोटामा आधारित भिसा र डिभी जारी गर्नुले राष्ट्रिय सुरक्षालाई कमजोर बनाउने र दक्ष प्रतिभाका लागि अवसरहरू नपाउने पनि सांसदहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनलाई सन् २०२५ बाटै यो चिठ्ठा रोक्न सुझाव दिइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *