>

माओवादी केन्द्रद्वारा जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ ।

माओवादी केन्द्रले १० फागुनमा काठमाडौँमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो । भेलामा प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र अध्यक्षहरू सहभागी हुने माओवादीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत २१ देखि २३ पुसमा काठमाडौँमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकले देशभर आफूले जितेका पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले आफ्नो पार्टीले जितेका पालिकाबाट समाजवादको अभ्यास थाल्ने भन्दै जनप्रतिनिधिलाई त्यसअनुसार प्रशिक्षित गर्ने निर्णय लिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पार्टी महासचिव देव गुरुङले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *