>

‘प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा दुवैजनाको हत्या’

काठमाडौँ । अछामको ढकारी गाउँपालिका-१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुङ्गा प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुको हत्या गरेको बताएका छन् । ‘किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने ।

उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो । उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्‍याइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भएको थियो । इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबीच कुराकानी भइरहेको हुन्छ । उनीहरुबीच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेका हुन्छन् ।

यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले संवाद सुरु गर्छन् । ‘उनीहरू जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन् । विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने, ‘पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशमा आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीको हत्या गरिएको हो । ’

प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् । युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।

‘घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाउँछन् । इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरियो, लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर मारिएको देखिन्छ’ प्रहरीले पत्रकार सम्मेलनमा प्रष्ट पारेको छ ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसालेको पाइएको छ ।

बाख्रा चराउनका गएका दुई किशोरीको अघिल्लो शुक्रबार (माघ ११) गते हत्या भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *