>

अमेरिकामा विमान दुर्घटना बारे अनुसन्धान जारी, ६७ जनाकै मृत्यु भएको आशंका

अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटना बारे विभिन्न कोण बाट अनुसन्धान थालिएको छ ।

नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड एनटीएसबीले वाशिङ्गटन डीसी नजिकै बिहीबार भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटना बारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि गर्न केही समय लाग्ने बताएका छन् । प्रारम्भिक प्रतिवेदन ३० दिनमा जारी गरिने बताइएको छ ।

दुर्घटनास्थल बाट ब्ल्याक बक्स फेला परेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसी हवाई दुर्घटनाको कारण अझै थाहा नभएको र जाँच चलिरहेको बताएका थिए । बिहीबार वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर सँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विमानमा ६४ जना र हेलिकोप्टरमा ३ जना रहेका थिए । अहिले सम्म ३० जनाको शव फेला परेको छ । अन्यको खोजी जारी रहेको छ । दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको आशंका गरिएको छ । अमेरिकामा यस किसिमको दुर्घटना निकै दुर्लभ मानिन्छ ।

पछिल्लो दुर्घटना सन् २००९ मा भएको थियो । त्यो बेला न्युयोर्कको बफेलोमा विमान अवतरण हुँदा दुर्घटना भएको थियो, जसमा ५० जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *