>

ताप्लेजुङ घटना: पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । हिजो बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

ताप्लेजुङ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदीप बेस्राले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शनिबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरूको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

झडपमा २१ प्रहरी घाइते भएका थिए । सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए । खुल्ला आह्वान गरिए पनि अहिलेसम्म कोही सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *