हर्क साम्पाङको गुनासोः प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवहरूले फोन उठाइदिएनन्

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या आएको बताएका छन । उनले फोन नउठेकै कारण समस्या भएको बताए ।

धरानमा खानेपानीको व्यवस्थाका लागि बजेट सुनिश्चितताको मागसहित रित्तो गाग्रीसहित मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले यस्तो बताएका हुन । उनले भने, ‘स्वकीय सचिवले फोन उठाइदिए र भेट्न टाइम मिलाइदिए हुन्थ्यो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मलाई त समस्या भयो भने सर्वसाधारणलाई के होला ।’ उनले अर्थमन्त्री विष्णु पौडेललाई भेट्न आफूले झन्डै दुई घण्टा कुरेको बताउँदै फोन नउठेकै कारण पहिला समन्वय हुन नसकेको बताए ।

साम्पाङले अर्थका साथै खानेपानीमन्त्रीलाई समेत भेटेर आफ्नो मागबारे अवगत गराएका छन् । यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले आफ्नो मागसम्बन्धी पत्र हस्तान्तरण गर्ने पनि अर्थमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीलाई बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भेटका क्रममा अर्थमन्त्री विष्णु पौडेलले धरानको खानेपानी समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको साम्पाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *