ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् । दोस्रो कार्यकालका लागि ट्रम्पलाई वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन । ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि आजै शपथ लिनेछन् ।

औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ पनि हुनेछ । सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी रुजुलुस निकालेका छन् । विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत कात्तिक भएको चुनावमा ट्रम्पले ३ सय १२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्वपूर्ण निर्णय लिने जनाएका छन । ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *