कर्ण थापा ओलीको ‘कालो सूची’ मा

काठमाडौं । गत शुक्रबार एमालेबाट निष्कासित भीम रावल र एमाले स्थायी समिति सदस्य कर्ण थापाले काठमाडौंबाट धनगढीसम्म सँगै जहाजमा यात्रा गरे । उनीहरु श्रीएयरको जहाजमा सिट सँगसँगै यात्रा गरेको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा छ ।

नेता थापा रावलसँगै यात्रा गरेको विषयमा प्रधानमन्त्री ओली सशंकित भएका छन् । राजनीतिक रुपमै उनीहरुबीच सामिप्यता बढेको हो वा संयोगले सँगै यात्रामा भेटेका हुन् भन्नेबारे बुझ्न आफ्ना विश्वासपात्रहरुलाई अह्राएको श्रोतले जनाएको छ । थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन सक्रियमध्ये एक हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘ओलीले अब एमाले हाँक्न सक्नुहुन्न, एमाले बचाउन हो भने विद्या भण्डारीलाई नल्याई हुँदैन’, थापाले निकटवर्तीहरुलाई भन्ने गरेका छन् । गत ३० असारमा ओली प्रधानमन्त्री भएयता थापाले बालुवाटार टेकेका छैनन् । पार्टी बैठकमा टाढाबाट देखादेखबाहेक उनीहरुबीच संवाद छैन । रावलसँग कुराकानी गरेकै आधारमा तत्काल कारबाही गर्ने मुढमा त ओली छैनन् । तर, थापा ओलीको ‘कालो सूचीमा’ परेको सुदूरपश्चिमकै एक नेताले बताए ।

थापाले आफूहरु जहाजमा सँगै यात्रा गर्नुलाई संयोग भएको बताए । उनले पार्टी कामका सिलसिलामा बाजुरा जाने सिलसिलामा रावलसँग जहाजमा भेट भएको र संयोगले सिट पनि सँगै परेको प्रष्टीकरण दिए । यात्राका क्रममा सन्चो बिसन्चो र पारिवारिकबाहेक आफूहरुबीच राजनीतिक विषयमा संवाद नभएको जिकिर उनले गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एमालेले रावलसँग सम्पर्कमा रहेका नेता कार्यकर्तामाथि असहिष्णु व्यवहार देखाउन थालेको छ । रावललाई विमानस्थलमा स्वागत गर्न गएको आरोपमा एमाले कैलालीले शनिबार मात्र सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उनका छोरा पार्टीको कैलाली जिल्ला सदस्य भीष्मराज सुवेदीमाथि कारबाही सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *