मकवानपुर । औद्योगिक नगरी मकवानपुरको उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनिलकुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गरे ।
त्यसै गरी महासचिवमा रानाभाट प्यानलकी प्रतिमा श्रेष्ठ निर्वाचित भएकी छन् । प्रतिमाले १०१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गरे । कोषाध्यक्षमा अग्रवाल प्यानलका तेजराज अधिकारी निर्वाचित भएकी छन् ।
त्यसै गरी उद्योग तर्फको उपाध्यक्षमा दीपक उप्रेती निर्वाचित भएको छन् । उद्योगतर्फको सदस्यहरूमा क्रमशः कृष्ण गोपाल महर्जन, जगदीश दाहाल,भूपेन्द्रप्रसाद अधिकारी र महिला सदस्यमा सीतादेवी भेटवाल विजयी भएका छन्।
यसैगरि वाणिज्यतर्फको उपाघ्यक्षमा राजु अधिकारी ५९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामप्रसाद न्यौपानेले ४८४ मत प्राप्त गरे । वाणिज्य तर्फको सचिवमा कुलप्रसाद चौलागाईं निर्वाचित भएका छन्।
वाणिज्य तर्फको सदस्यमा बाल कृष्ण बजगाईँ ,सन्तोष घिमिरे , विष्णु प्रसाद दाहाल , राजेन्द्र लामिछाने निर्वाचित भएका छन्।
मकवानपुर उद्योग वाणिज्य सङ्घको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन्। उनले १५ मत ल्याउँदा अर्का उम्मेदवार प्रदीप अर्यालले ११ मत पाए । वस्तुगततर्फ १२ मत प्राप्त गरी शम्भु पुडासैनी सदस्यमा निर्वाचित भएका छन् ।
त्यसै गरी एशोसियट उपाध्यक्षमा उज्ज्वल चौलागाईँ निर्वाचित भएका छन् । उनले ४८ मत ल्याउँदा अर्का उम्मेदवार विष्णु खनालले ३३ मत प्राप्त गरे । त्यसै गरी एशोसियट सदस्यमा ६४ मतसहित नवराज खतिवडा र ५४ मत सहित अंकिता सुमार्गी निर्वाचित भएका छन् ।
२ हजार ४५ मतदाता रहेकोमा १८१६ मात्र मत खसेको थियो । निर्वाचनमा वाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत २६ गरी कुल खसेको मत १८१६ मत खसेको थियो।