विद्यालयका लेखापाल र संचालक समितिका सदस्य घुससहित पक्राऊ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट घुस लिँदालिँदै दुई जना पक्राऊ परेका छन् । पाल्हीनन्दन गाउँपालिका-५ बाट घुस लिँदालिँदै विद्यालयका लेखापाल र संचालक समितिका सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

पाल्हीनन्दन-५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहारलाई बुधबार घुस रकमसहित पक्राउ गरिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

६५ हजार नगद घुससहित पक्राउ गरिएको र आवश्यक अनुसन्धान भैरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भवन निर्माणसम्पन्न भएपछि अन्तिम रकम भुक्तानीका लागि घुस मागेको उजुरीको आधारमा अख्तियारले छापा मारेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *