सभापतिलाई अप्ठ्यारो पार्ने गरी सहकारी सम्बन्धी अध्यादेश ल्याइयोः रास्वपा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ ।

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल गणेश कार्कीले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता कार्कीले भने, ‘सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ, ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ ।

संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।’साथै, उनले संगठनको भावी रणनीति, संगठनलाई सवलीकरणका बारेमा पनि छलफल भइरहेको पनि जानकारी दिएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अफ्ठ्यारो अवस्था सिर्जना भइरहेको पनि रास्वपाले निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *