>

अवरुद्ध बीपी राजमार्ग सुचारु

काभ्रे । बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल ध्वाजूले जानकारी दिनुभयेा ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक-पटक सडक अवरुद्ध भएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

3 thoughts on “अवरुद्ध बीपी राजमार्ग सुचारु

Leave a Reply

Your email address will not be published. Required fields are marked *