>

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाल आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आज (आइतबार) बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो । बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उपमेयर डंगोलको क्षमायाचना
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमायाचना गरेकी छन ।

आज (आइतबार) काठमाडौं महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नगर सभाको बैठकमा उपमेयर डंगोलले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं ।’ यसबीचमा केही तितामिठा अनुभव भए पनि मन्थन हुँदै समाधानतर्फ गएको उनले बताएकी छन ।

उनले भनिन्, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन ०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए, ‘आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ ।

आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’ संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाण्डू महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

5 thoughts on “काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *