>

ऊर्जा मन्त्री खड्काले भने-‘मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण सरकारले काम गर्ने बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले मेलम्ची र हेलम्बू क्षेत्रमा सिँचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गरे । ‘बाढीपछिको हेलम्बू, मेलम्चीको पुनर्निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौँ,’ उनले भने ।

ऊर्जा मन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार अघि बढाइनेछ,’ उनले भने ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्त्वपूर्ण भएको उनको भनाइ थियो । ‘यस क्षेत्रको सिँचाइका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,’ मन्त्री खड्काले भने ।

१ असार २०७८ मा आएको बाढीले मेलम्ची र हेलम्बू क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन ।

काँग्रेस नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जा मन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा स्थानीयले बाढी पहिरोले पुगेको क्षतिको पुनर्निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाए ।

उनीहरूले बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा स्थानीय तहको पर्याप्त स्रोत–साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुनर्निर्माण गरिदिन आग्रह गरेका छन् ।

सोही क्रममा मन्त्री खड्काले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि पहल गरिने बताएका हुन् । ‘क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिनेछ, यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर चाँडो काम अघि बढाउनेछौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *