>

भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम

भोजपुर । पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम शुरु भएको छ । कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम शुरु भएको हो ।

दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलता सम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईले बताए ।

कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी ७५ लाख लागतमा सञ्चालन गरिने उनले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *