काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसले भारतले आतंकवाद विरूद्ध गरेको आक्रमणलाई जायज भनेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले आतंकवादविरुद्धका कारबाही जायज रहेको निर्णय लिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आतंकवाद विरुद्धका कारबाहीलाई जायज रहेको निर्णय लिएको बताए । ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंकवादलाई कसैले पनि प्रस्रय नदियोस् भन्ने पक्षमा छौं,’ उनले भने ।भारत र पाकिस्तानबीचको तनाव पूर्ण युद्धमा परिणत हुन नहुने पक्षमा काङ्ग्रेस रहेको महतले बताए । ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं,’ उनले भने ।
भारत र पाकिस्तानबीचको तनाव पूर्ण युद्धमा परिणत हुन नहुने पक्षमा काङ्ग्रेस रहेको महतले बताए । ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं,’ उनले भने ।