>

वर्ल्ड लुपस डे जनचेतना र्‍याली

काठमाडौं । वर्ल्ड लुपस डेका अवसरमा शनिबार जनचेतना र्‍याली निकालिने भएको छ । वाक टु एन्ड लुपस नाउ थिम दिइएको उक्त र्‍याली माइतीघर मण्डलाबाट सुरु भएर जाउलाखेल हुँदै झम्सिखेलको वाटरिङ होलमा समापन हुनेछ । र्‍याली बिहान साढे ७ बजे सुरु भएर विभिन्न कार्यक्रमपश्चात १०:३० बजेमा समापन हुने आयोजकले जनाएको छ ।

लुपसजस्ता पुराना र कम परिचित प्रतिरक्षा प्रणाली सम्बन्धी रोगबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । लुपस रोग नेपालमा पर्याप्त रूपमा पहिचान र सम्बोधन हुन नसकेकाले जनचेतना आवश्यक रहेको लुपस नेपालले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

विश्वभर करिब ५० लाख व्यक्ति लुपसबाट प्रभावित रहेको अनुमान छ । जसमध्ये ९० प्रतिशत महिला (१५ देखि ४५ वर्ष) उमेर समूहका छन्। नेपालमा यो रोगप्रति चेतना र तथ्यांकको अभावका कारण ढिलो पहिचान हुने र गम्भीर स्वास्थ्य जटिलता देखा पर्ने गरेको बताइएको छ ।

र्‍यालीमा लुपस बिरामीहरु, अभिभावकहरू, स्वास्थ्यकर्मीहरू, विद्यार्थीहरू, नागरिक समाजका सदस्यहरूको साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहने आयोजक लुपस नेपालले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *