>

सुर्खेतको ऐरीचोकस्थित एक व्यापारिक गोदाममा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ ।

गएराती १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आगलागीबाट खाने तेल, विस्कुट, चाउचाउ, पेय पदार्थलगायतका वस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *