>

संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आजपनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नीति तथा कार्यक्रम माथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक सवा १२ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभामा आजै प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ । प्रतिनिधिसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि परेका संशोधनहरूमाथि सोमबारदेखि छलफल जारी छ । नीति तथा कार्यक्रमले वर्तमान समस्याको समाधान गर्न नसकेको मात्र नभई भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसमेत नबोकेको टिप्पणी गरेका छन् ।

स्पष्ट योजना र दूरदृष्टिको अभाव, समावेशीता सामाजिक न्याय र सुशासनप्रतिको कमजोर प्रतिबद्धता, निराशाजनक र पश्चगामी शैली, कार्यान्वयन पक्षको अपूर्णता र अस्पष्टता, सङ्घीयता र स्रोत व्यवस्थापनप्रति बेवास्ता, भ्रष्टाचार र अनियमितता सम्बोधनमा उदासीनतालगायतका टिप्पणी सांसदहरूबाट आएका हुन् । आफ्नो संशोधन राख्दै सांसदहरूले यो नीति तथा कार्यक्रमले विद्यमान समस्यालाई समाधान गर्न प्रयास नगरेको, पुरातनवादी र पश्चगन शैलीलाई प्रसय दिएको, नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकेको, शिक्षा स्वास्थ्यजस्ता मौलिक हक कार्यान्वयनका लागि स्पष्टता ल्याउन नसकेको विषयहरू औल्याएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

करिब एक साता छलफल गरेपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले वैशाख २८ गते दिने कार्यतालिका बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *