>

ललितपुरमा भयानक कार दुर्घटना,तीन जना गम्भीर घाईते

काठमाडौं । ललितपुरमा कार दुर्घटना हुँदा त्यसमा सवार तीनजना गम्भीर घाइते भएका छन् ।

ललितपुर प्रहरीका अनुसार घाइते हुनेहरुमा ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक, म्याग्दीका ४० वर्षीय अमरध्वज पौडेल, र गोदावरीकै २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हात्तीवन ओरालोमा गए राति ११ बजेर १० मिनेट जाँदा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेको थियो । । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा पुगेपछि त्यसलाई हटाउन सवारी आवागमन बन्द गरिएको पनि प्रहरीले जनाएको छ । कारका चालक रुपक सापकोटा भने सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *