काठमाडौँ । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली काँग्रेसका नेता उद्धव बोहरा पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका-१ का ३४ वर्षीय बोहरालाई काठमाडौँबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए ।
जोशीका अनुसार बोहरासहित पाँच जना समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका-१ हात्ती थलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए ।
खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शीर्षकमा तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो । पाँच समूहमा एक जनालाई सोही समयमै पक्राउ गरेको थियो भने चार जना फरार थिए । उक्त फरार रहेका नेता उद्धव बोहरालाई पक्राउ गरेको हो ।