>

प्रगतिशील कानुन व्यवसायी संगठनको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् ।

गए राति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनका अनुसार संगठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् । गत शनिवारदेखी पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *