>

दाहसंस्कार गर्न लगिएको ६ बर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोटखोला गाउँपालिका-४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाइबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाइबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीले गोपालकी भाइबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ ।

घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

One thought on “दाहसंस्कार गर्न लगिएको ६ बर्षीया बालिकाको शव प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *