>

महिला टी-२० विश्वकप एसिया छनोट : नेपालद्वारा बहराइन पराजीत

काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालद्वारा बहराइन पराजीत भएको छ ।

तेरथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजीत गरेको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १-१ अंक बाडेका छन् ।

विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् । थाइल्यान्ड जानुअघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो ।

नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *