>

धनकुटा बस दुर्घटना अपडेट: मृतकको संख्या ३ पुग्यो

धनकुटा । सुनसरीको धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा थप २ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बस चालक सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१३ बस्ने ५१ वर्षीय रुद्र तामाङ र भोजपुरको षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तामाङको सोमबार बेलुका र श्रेष्ठको मंगलबार विहान मृत्यु भएको हो । योसँगै दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । दुर्घटनामा परी धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबारै मृत्यु भएको थियो ।

सुनसरीको धरानबाट भोजपरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमवार बिहान धनकुटा-६ स्थित गोठगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

दुर्घटनामा परी घाइते भएका ११ जनाको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *