>

कुलमानले समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अंक दिइएको होः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन ।

आज बुधबार तनहुँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उर्जा मन्त्री खड्काले यस्तो बताएका हुन । उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगर्ने पनि बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ । आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ,’ मन्त्री खड्काले भने ।

उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरेका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ?

यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *