>

म्यानचेस्टर युनाइेटड एफएकपबाट बाहिरियो

लन्डन । साविक विजेता म्यानचेस्टर युनाइेटड एफएकपबाट बाहिरिएको छ । पाँचौं चरणको खेलमा फुलह्यामसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै युनाइेटड बाहिरिएको हो ।

फुलहमका गोलरक्षक बर्न लेनोले युनाइटेडका दुई पेनाल्टी बचाएर जित दिलाएका हुन । युनाइटेडका विक्टर लिन्डलफ र जोशुआ जिक्र्जीले पेनाल्टी मिस गरेपछि फुलह्याम जित निकाल्न सफल भएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा रहेको थियो । खेलमा फुलह्यामका क्याल्भिन बास्सी र युनाडटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल गरे । गएरातिको खेलसँगै अन्तिम आठको समीकरण पूरा भएको छ ।

अब फुलह्यामले क्रिस्टल प्यालेस, प्रेस्टनले एस्टन भिल्ला, बर्नमाउथले म्यानचेस्टर सिटी तथा ब्राइटनले नटिङघम फरेस्ट अथवा इपस्विच टाउनको सामना गर्नेछ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एफए कपमा लिभरपुल, आर्सनल र चेल्सीजस्ता ठूला क्लब बाहिरिइसकेका छन् । त्यसैले म्यानचेस्टर युनाइटेडलाई गत सिजनको उपाधि रक्षा गर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *