>

अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागले गरायो सचेत

काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ ।

बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अहिले सरकारले बेलायतमा मौसमी कामदार पठाउने बारे कुनै नीतिगत निर्णय नगरेको समेत स्पष्ट पारेको छ ।

‘यस्तो काम कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न, अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध छ,’ विभागले भनेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *