काठमाडौं । २४ औँ आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त आज (शनिबार) हुँदै छ ।
दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन् । विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिम पहिलो पटक सहभागी भएको हो ।
६ पटक उपाधि जितेको पुलिस यसपल्ट पनि उपाधि जित्ने दाउमा छ । साविक विजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता थ्रिस्टार भने उपाधि होडबाट बाहिरिएका हुन् ।
साहरा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँका साथै शिल्ड, ट्रफी र प्रमाणपत्र सहित पुरस्कार पाउनेछन् ।