दक्षिण कोरियाली राष्ट्रपति पक्राउ

सिउल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई त्यहाँको प्रहरीले राजधानी सउलस्थित निवासबाट बुधबार बिहान पक्राउ गरेको हो । युनका समर्थकले पक्राउ गर्न गएका सुरक्षाकर्मीमाथि अवरोध गरेका थिए ।

ठूलो संख्यामा रहेका युन समर्थकले उनको निवास अगाडि ब्यारिकेड राखेर अवरोध गरेको समाचारमा जनाइएको छ । उनीमाथि भ्रष्टाचार कसुरमा अनुसन्धान हुने अधिकारीहरुले बताएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

युनलाई दोश्रो प्रयासमा पक्राउ गरिएको हो । दुई साताअघि समर्थकहरको अवरोधका कारण पक्राउ गर्न गएका प्रहरी रित्तै फर्किएका थिए । सैनिक कानून लागू गर्ने युनको प्रयास संसदले गत महिना विफल पारिदिएको थियो ।

त्यस लगत्तै युनविरुद्ध संसदले महाअभियोग पारित गरेको थयो । महाअभियोग पारित भएसँगै उनी निलम्बित छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *