>

दुर्गेश थापाद्वारा एसइई परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा

काठमाडौँ । चर्चित गायक दुर्गेश थापाले एसइई परीक्षार्थीलाई विशेष शुभकामना दिँदै परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा शिक्षा जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति भएको उल्लेख गर्दै परीक्षार्थीहरूलाई सफलता प्राप्त गर्न परिश्रम, अनुशासन र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरेका छन्। उनले भने, “प्रिय भाइबहिनीहरू, तपाईँहरू अहिले आफ्नो मिहिनेत र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ। तपाईँहरूको सफलता नै मेरो सफलता हो ।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गायक थापाले आफूलाई हाल विभिन्न मेला, महोत्सव तथा कार्यक्रमका लागि निरन्तर प्रस्तावहरू आइरहेको बताए। तर, परीक्षाका कारण अध्ययनमा बाधा नपरोस् भन्ने उद्देश्यले उनले कुनै पनि कार्यक्रम नगर्ने निर्णय लिएका छन्। उनले भने, ” एसइई परीक्षा हाम्रो जीवनको महत्त्वपूर्ण घडी हो। मनोरञ्जन मात्र होइन, उज्ज्वल भविष्य निर्माणका लागि पनि म तपाईँहरूसँगै छु। परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छु, कृपया मलाई सम्पर्क नगर्नुहोला।”

यस निर्णयबाट आयोजकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै थापाले परीक्षा भनेको केवल अंक ल्याउने माध्यम मात्र नभई मेहनत र इमानदारीको परीक्षा पनि भएको उल्लेख गरे। उनले परीक्षार्थीहरूलाई धैर्य, आत्मविश्वास र समर्पणका साथ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्दै भने, “पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन। सफलता तपाईँहरूकै हातमा छ, यसलाई मजबुत बनाउनुहोस्।”

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले एसइई परीक्षा दिने सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *