>

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् ।

हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरिरहेको छ आज पनि विद्युत् आपूर्ति हुन सकेको नसकेको जनाए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ’, उनले भने, ‘हिजो पनि उद्योग कलकारखानाको बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ ।’ उनले भने ‘अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।

भारतले बिधुत कटौती गरेपछि पुन: मुलुक लोडसेडिङमा जान लागेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *