काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । गत २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डिपोर्ट भएको अध्यागमनको रिपोर्टमा उल्लेख गरिएको छ ।
यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ । ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले ३८ नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको जानकारी दिएका छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैह्रकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् । २२ फागुनमा मात्रै ८ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर नेपाल फिर्ता गरिएको थियो ।