काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका हुन् ।
उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोझ्दा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार अनुसार खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् ।