काठमाडौं । ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी जवान कुटिएका छन । यति बेला काठमाडौं नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपमा छानबिन प्रक्रिया सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन् ।
उनले भने, ‘भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएका छौं । सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुला । गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनले जानकारी दिए ।
भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।