काठमाडौ । एभरेष्ट म्याराथनको लागि लुम्बिनीबाट लुम्बिनी पिस टर्च सगरमाथा लगिएको छ । लुम्बिनी स्थित विश्व शान्ती दीपको ज्वालालाई बुद्ध फ्लेम लाई ओलम्पियक धावक बैकुण्ठ मानान्धरको नेतृत्वमा सगरमाथा पठाइएको छ ।
टर्चलाई लुम्बिनीको मायादेवी मन्दिर परिक्रमा गराइ तिलौराकोर हुँदै काठमाण्डौ र त्यहाबाट सडक मार्ग हुँदै सोलुखुम्बुको सल्लेरी पु¥याइने छ । त्यहाबाट २ जना धावकले पैदलमार्ग हुँदै नाम्चे पु¥याउने अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानान्धरले जानकारी दिए । त्यहाबाट टर्चलाइ सगरमाथाको आधार शिविर पु¥याइ एभरेष्ट म्याराथनको सुरुवात गरिनेछ ।
लुम्बिनीलाई सगरमाथासंग सिधा जोड्न लुम्बिनी पिस टर्चले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । २१ औ संस्करणको एभरेष्ट म्याराथनमा ३२ देशका धावकहरु बिच विश्व शान्तीको लागि टर्च परिक्रमा गराइने तयारी छ ।
टर्चलाइ लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राइले हस्तान्तरण गरेका हुन । सगरमाथा दिवस २९ मे १५ जेठमा सगरमाथा आधार शिविरबाट नाम्चेसम्म विश्वकै अग्लो स्थानमा एभरेष्ट म्याराथन हुने गरेको छ ।