>

हेटौंडा सिमेन्टको उत्पादन पुनः बन्द

काठमाडौं । एक महिना अघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा उत्पादन बन्द भएको छ ।

चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरु गरेकोमा हाल आएर एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगले जनाएको हो । हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तत्कालीन सरकारले उद्योग २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना गरेको थियो । उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरु गरेको थियो । सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड लगानी गरेको छ ।

उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण उद्योग धरासायी भएको हो । उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेको बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *