>

पूर्वराजा शाहलाई तुरुन्तै गिरफ्तार गर्न माओवादी सांसदको माग

काठमाडौं । प्रमुख पीतपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

आज आइतबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै माओवादी सांसद सुनारले यस्तो माग गरेका हुन । उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न समेत गरेका छन । उनले भने, ‘चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’ पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे ।

गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

निजी सम्पति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सञ्चारमाध्यमका कार्यालयमा समेत तोडफोड र आगजनीका प्रयास भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *