>

विन नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

विन नेपाल लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत चैत्र २१ गते जारी गरेको ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ बिक्री गरेको हो । जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२.५ कित्ता शेयर बिक्री खुला गरेको छ । 
विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले यस एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भने सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *