काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनले नयाँ रेकर्ड बनाउँदै प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ।